लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी, केही स्थानमा वर्षा हुने
थानकोट ।
मौसम पूर्वानुमान महाशाखाले बुधबार तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
बुधबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।












