विमानस्थलमा खटिने वायु सेवा निगमका कर्मचारीले खल्ती भएका लुगा लगाउन नपाउने

Thankot Times

थानकोट । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने नेपाल वायु सेवा निगमका कर्मचारीले अबदेखि खल्ती भएको लुगा लगाउन नपाउने भएका छन्।

यात्रुहरूको लगेज फुटेकोजस्ता गुनासा आएपछि निगमले कर्मचारीलाई खल्ती भएका लुगा लगाउन रोक लगाएको छ।

निगमले ब्यागेज ओसारपसार गर्ने ट्रलीहरूमा बार तथा चेन लगाइएको पनि जनाएको छ।

साथै लगेजलाई वर्षातको पानीबाट जोगाउन ट्रलीमा छानासमेत लगाइएका छन्। ‘एयरपोर्टमा कार्यरत कर्मचारीहरूका लागि खल्तीरहित पोसाकको व्यवस्थासमेत गरिएको छ,’ निगमले भनेको छ, ‘लगेज सुरक्षार्थ कर्मचारी पनि खटाइएका छन्।’

लगेजसम्बन्धी गुनासा सुनुवाइका लागि विमानस्थलको ब्यागेज ह्याण्डलिङ युनिटलाई सक्रिय गराइएको पनि निगमको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *