कस्ताे छ आज शनिबारको माैसम ?
थानकोट ।
माैसम पूर्वानुमान शाखाले आज शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित केहीबेर पानी पर्ने माैसम सम्भावना रहेको जनाएको छ ।
‘देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहने छ’, महाशाखाकाे सूचनामा भनिएकाे छ, ‘सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।’
रातकाे समयमा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहने महाशाखाले जनाएकाे छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा राति मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।
भाेलि देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ। साथै देशका तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना छ ।












