बिहानैबाट धुम्म छ आकाश, कस्तो रहला आज दिनभरको माैसम !

Thankot Times

थानकोट ।

माैसम पूर्वानुमान महाशाखाले आज तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको छिटपुट वर्षाको समेत सम्भावना रहेको छ ।

आइतबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू-भागको मौसम सामान्यतया सफा रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *