आजबाट ढुङ्गेअड्डास्थित पटके सेवा केन्द्र बिहान ६ बजेबाट साँझ ६ बजेसम्म मात्र खुल्ने

Thankot Times

थानकोट ।

यातायात व्यवस्था कार्यालय अन्तर्गत साना तथा ठुला सवारी शाखाले चन्द्रागिरि नगरपालिका १५ ढुङ्गेअड्डामा सञ्चालन गरिरहेको पटके सेवा केन्द्रको कार्यालयको समय निर्धारण गरिएको छ।

कार्यालयले आइतबार एक सूचना जारी गर्दै आजबाट लागु हुने गरी सो पटके सेवा केन्द्र बिहान ६ बजेबाट साँझ ६ बजेसम्म मात्रै खुल्ला जनाएको हो ।

यसअघि सो सेवा केन्द्रले रातको समयमा पनि सेवा प्रदान गर्दै आएको थियो ।

निश्चित क्षेत्रमा गुड्न अनुमति पाएका भाडाका सवारी साधनले अन्य जिल्लाको गुड्न पटके कर तिर्नुपर्ने प्रावधान रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *