कस्तो रहला आजको माैसम! प्रदुषण भने कायमै रहने

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकामा आज आंशिक बदली हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागको माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर काठमाडौंको मौसम सामान्यतया सफा रहनेछ । अपराह्नपछि बदली हुने महाशाखाले जनाएको छ ।

“काठमाडौंमा आज अपराह्नपछि मौसममा बदली हुनेछ । त्यसअघि मौसम सामान्यतया सफा रहनेछ,” महाशाखाको बुलेटिनमा उल्लेख छ । यसैगरी “मौसममा बदली भए पनि काठमाडौंमा वर्षाको सम्भावना छैन् ।”

अझै कम्तीमा तीन दिन काठमाडौंमा वर्षाको सम्भावना छैन् महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ । वर्षा नहुँदासम्म काठमाडौंको प्रदूषण यथावत रहने विभागले जनाएको छ ।

केही दिनयता काठमाडौंमा वर्षा नहुँदा प्रदूषणको मात्रा बढेको छ । स्वास्थ्यमा प्रत्यक्ष असर गर्नेगरी प्रदूषण बढेको छ ।

तस्बिरः अजित पाैडेल


Leave a Reply

Your email address will not be published. Required fields are marked *