अब मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार मात्रै बस्ने

Thankot Times

थानकोट ।

 मन्त्रिपरिषद्को नियमित बैठक अब मंगलबार मात्रै बस्ने भएको छ ।

यसअघि हप्ताको दुई दिन बस्दै आएको मन्त्रिपरिषद्को नियमित बैठक अब एक दिनमात्रै बस्ने भएको हो । 

यसअघि मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको थियो ।

यसलाई परिवर्तन गरेर हप्ताको एकदिन मंगलबार मात्रै मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार आवश्यक परेमा जुनसुकै बार पनि मन्त्रिपरिषद्को बैठक बस्नेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *