कलंकी मालपोतबाट घरजग्गा कारोबार बढेको बढ्यै
थानकोट ।
काठमाडौं उपत्यकामा घरजग्गा कारोबार बढ्ने क्रम जारी छ। फागुनको तुलनामा चैत्र महिनामा पनि घरजग्गा कारोबार बढेको हो।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार यो वर्षको माघ र फागुनमा उस्तैउस्तै संख्यामा कारोबार भएको थियो। चैतमा आएर थोरै संख्यामा उकालो लागेको छ।
चैतमा काठमाडौं उपत्यकामा दुई हजार दुई सय ५५ संख्यामा घरजग्गा किनबेच भएको छ। यस्तो किनबेच माघमा दुई हजार एक सय ९० संख्यामा थियो सेतोपाटीमा खबर छ। फागुनमा जम्मा ६ मात्र बढेर दुई हजार एक सय ९६ पुगेको थियो।
काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्– कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु।
यो वर्ष पहिलेका महिनामा झैं चैतमा पनि काठमाडौंमा भएको कारोबारमध्ये सबभन्दा बढी कलंकी मालपोत कार्यालयबाट छ।
कलंकी कार्यालयबाट यो आर्थिक वर्ष चैतमा ८ सय २९ संख्यामा घरजग्गा कारोबार भएको छ।
यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरि, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन्।












