गोदावरीको जंगलमा भीषण आगलागी, उपत्यकाका सबै वारूण यन्त्र परिचालित

Thankot Times

थानकोट ।

ललितपुरस्थित गोदावरीको जंगलमा भीषण आगलागी भएको छ । 

बिहीबार गोदावरी नगरपालिका ६ जुरेडाँडामा आगलागी भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रवीण पोखरेलका अनुसार आगलागी नियन्त्रण गर्न उपत्यकाका सबै दमकल परिचालन गरिएको छ । 

आगलागी नियन्त्रणका लागि उपत्यकाका सबैजसो एम्बुलेन्स र दमकलहरु पठाइए पनि भीषण आगलागी भएकाले नियन्त्रणमा लिन नसकिएको  उनले बताए । 

आगलागी नियन्त्रण गर्न दमकल र सुरक्षाकर्मीको टोलीले प्रयास जारी राखेको उनले बताए । उनले बस्ती नजिकै भएपनि जोखिम भने तत्काल नरहेको बताए ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *