पश्चिमी पहाडी भेगमा वर्षा र तराईमा हावाहुरीको सम्भावना

Thankot Times

थानकोट ।

अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको  सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हावा–हुरीको सम्भावना रहेको छ ।

भोलि शनिबार कोसी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसीलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वैशाख १० गते आइतवार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *