देशका पहाडी भूभागमा आज दिउँसो चट्याङसहित वर्षा हुने
थानकोट ।
देशका पहाडी भूभागमा आज दिउँसो चट्याङसहित वर्षा हुने पूर्वानुमान छ । तर यस्तो वर्षा धेरेबेर हुने छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने छ । बाँकी भूभागको मौसम सफा नै रहने महाशाखाले जनाएको छ ।
राति भने धेरैजसाे पहाडी भूभागमा पानी पर्ने सम्भावना छैन । ‘पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ’, महाशाखाको सूचनामा भनिएको छ ।
हिजाे काठमाडाैंसहित देशका कतिपय भूभागमा असिना, हावाहुरीसहित हल्का वर्षा भएकाे थियाे । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव छ ।












