काठमाडाैंमा तीव्र गतिमा हुँइकिएका चारवटा टिपर एकैसाथ दुर्घटना

Thankot Times

थानकोट । 

काठमाडाैंको साँखु- लप्सीफेदीको जंगलमा चारवटा टिपर एकसाथ दुर्घटनामा परेका छन्।

शनिबार बिहान सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदीबाट निर्माण सामग्री बोकेर आएका टिपर तीव्र गतिका कारण दुर्घटनामा परेका हुन्।

तीव्र गतिमा आएका टिपर एक अर्कामा ठोक्किएको स्थानीय रण मल्लले जानकारी दिए।

एक टिपरका चालक घाइते भएका छन्।

उनलाई उपचारका लागि लगिएको साखु प्रहरी प्रभागकी प्रमुख फुलमाया घिसिङले जानकारी दिइन्।

तस्बिरः देश सञ्चार


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ