फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको पुष्टि भएन : नागरिक उड्डयन प्राधिकरण
थानकोट ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको जनाएको छ ।
विमानस्थलमा तत्काल भौतिक रुपमा कर्मचारीबाट गरिएको निरीक्षणबाट यसको पुष्टि हुन नसकेको प्राधिकरणले जनाएको छ ।
यसअघि फ्लाइ दुबईले जहाजमा सम्भावित रुपमा चरा ठोक्किएको हुन सक्ने भन्दै ट्वीट गरेको थियो ।
प्राधिरकणले मंगलबार यसको पुष्टि हुन नसकेको जनाएको छ ।












