आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली  रहने छ। देशका पहाडी भू-भागमा  चट्याङ्ग सहित मध्यम वर्षा वर्षाको सम्भावना रहेको छ।
आज राति देशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का  देखि मध्यम वर्षाको  सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *