बुद्ध जयन्तीकाे अवसरमा थानकोटमा शान्ति र्‍याली (तस्बिरहरु)

Thankot Times

थानकोट ।

२५६७ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा शुक्रबार बिहान चन्द्रागिरि नगरपालिका थानकोटमा शान्ति र्‍याली निकालिएको छ ।

बाजागाजा तथा झाँकीसहित थानकोटस्थित जितवन बुद्ध विहार निक्लिएको र्‍यालीले थानकोटका विभिन्न क्षेत्र परिक्रममा गरी पुनः विहारमै पुगेर समापन भएको छ । र्‍यालीमा चन्द्रागिरि नगरपालिका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, अन्य जनप्रनिनिधिहरू, स्थानीय खेलाडीहरू लगायत महिला तथा पुरूषहरूको उल्लेख्य उपस्थिति रहेको थियो । र्‍यालीमा बुद्धको प्रतिमा समेत परिक्रमा गराइएको थियो जहाँ स्थानीयहरूले घरघरबाट भेटी, प्रसाद, फूल चढाएका थिए ।

जितवन विहार थानकोट क्षेत्रको पुरानो विहारका रूपमा परिचित छ । जहाँ दैनिक सयाैं बाैद्ध धर्मावलम्बी तथा अनुयायीहरू प्रार्थनाका लागि पुग्ने गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *