चन्द्रागिरि साकोसका सदस्यहरूलाई गणेशमान सिंह अस्पतालमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०७ थानकोटस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी र ललितपुर महानगरपालिका- १५ महालक्ष्मीस्थानमा अवस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवा छुट सम्बन्धी सम्झौता भएको छ ।

सोमबार सम्झाैता भएसँगै अब चन्द्रागिरि साकोसका सदस्यहरूले गणेशमानसिंह अस्पतालमा उपचार गर्दा एवं औषधी खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

संस्थाका सदस्यहरुलाई स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने बारेको सम्झौता पत्रमा चन्द्रागिरि साकोसका अध्यक्ष योगेन्द्रकुमार कुँवर र गणेशमान सिंह अस्पतालका अध्यक्ष दिपक प्रकाश बास्कोटाले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतामा उल्लेख भएअनुसार चन्द्रागिरि साकोसका सदस्य, सदस्यका परिवार र स्थानीय समुदायका गरिब तथा असहाय व्यक्तिहरुले गणेशमानसिंह अस्पतालमा उपचार गर्दा तथा औषधी खरिद गर्दा निश्चित प्रतिशत छुट प्राप्त गर्नेछन् ।

सम्झाैता अनुसार सो अस्पतालबाट चन्द्रागिरि साकोसका सदस्यहरूले सामान्य शैय्या, प्रयोगशाला (ल्याब) परीक्षण, एक्स-रे एवं भिडियो एक्स-रे, ईसीजी सेवामा २० प्रतिशत र अन्य विशेष सेवाहरु क्याबिन, आईसीयु तथा आईसीयु भेन्टिलेटर, अपरेशन, ईको, मेमोग्राम, ईन्डोस्कोपी र फिजियोथेरापीमा २० प्रतिशत र औषधी खरिदमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

साथै, संस्थाका सदस्यहरूले वर्षको एक पटक होलबडी चेकअप (सामान्य तथा विशेष स्वास्थ्य प्याकेज समेत) मा ३० प्रतिशत र ७० वर्ष भन्दा माथिका सदस्यहरुलाई उल्लेखित सेवाहरु लिँदा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

चन्द्रागिरि साकोसका ललितपुर जिल्लाका चन्द्रागिरि सदस्यहरुलाई लक्षित गरी उक्त छुट सम्बन्धी सम्झौता गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि संस्थाले चैत्र २४ गते सितापाईलास्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालसँग पनि संस्थाका सदस्यहरूले उपचार गर्दा स्वास्थ्य सेवा छुट प्राप्त गर्ने सन्दर्भमा सम्झौता गरिसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *