तस्बिरमा जेसिस इन्टरनेशनल स्कुलको स्काउट ट्रुप दीक्षान्त समारोह

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-११ सतुगंलस्थित जेसिस इन्टरनेशनल स्कुलमा स्काउट ट्रुप दीक्षान्त समारोह सम्पन्न भएको छ ।

चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, चन्द्रागिरि ११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठ, चन्द्रागिरि १५ का वडाध्यक्ष एवं नगरको सामाजिक विकास संयोजक घनश्याम लुँइटेल लगायतको उपस्थितिमा सोमबार सो दीक्षान्त सम्पन्न भएको हो । सो क्रममा जेसिस स्कुलका १४२ जना विद्यार्थीले स्काउटको प्रारम्भिक चरणको प्रशिक्षण पार गरेको प्रमाणपत्र वितरण गरिएको थियो । 

चन्द्रागिरि नगरमा रहेका ७६ वटा सामुदायिक र संस्थागत विद्यालयहरू मध्ये १२ वटा विद्यालयमा स्काउट ट्रुप गठन भइसकेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *