बिहानैबाट धुम्म छ आकाश, साथमा छाता र वर्षादी बोक्न नभुल्नुहोला

Thankot Times

थानकोट । 

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ ।

कोशी, बागमती , गण्डकी र मधेस प्रदेशका  एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति भने कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ