आज र भोलि देशका अधिकांश स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना

Thankot Times

थानकोट।

हाल  देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको  साथै  स्थानीय  वायुको  प्रभाव  रहेको  छ। जसको प्रभावले हाल  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली  रहेको  छ। यी पाँच प्रदेशका एक(दुई  स्थानहरूमा  चट्याङ्ग र हावाहुरीसहित हल्का  देखि मध्यम वर्षा भइरहेको  छ।

आज दिउँसो  देशको  पहाडी  भू-भागहरुका  केही  स्थानहरूमा  र  बाँकी  भू-भागका  थोरै  स्थानहरूमा  चट्याङ्गसहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। साथै कोशी , बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी,  मधेस  र  बागमती  प्रदेशका  तराईका  केही  स्थानहरूमा  हावाहुरीको  समेत  सम्भावना  रहेको  छ  ।

आज र भोलि यो सिलसिला जारी रहने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ