आज पहाडमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

Thankot Times

थानकोट। 

माैसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू–भागमा आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति देशभर आंशिकदेखि  सामान्य बदली रहनेछ । कोसी  प्रदेश, मधेश  प्रदेश, बागमति प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा  बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि  मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको  सम्भावना रहेको छ । 

हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको  प्रभाव रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ