घरबाट बाहिर निक्लनुअघि थाहा पाउनुहोस् आजको मौसम पूर्वानुमान

Thankot Times

थानकोट । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

महाशाखाका अनुसार शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । 

मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ