५० हजार घुससहित वडाध्यक्ष र वडा सचिव पक्राउ

Thankot Times

थानकोट ।

जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई पचास हजार घुससहित पक्राउ गरेको हो । 

उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ । 

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम पचास हजार रुपैयाँ बिगो कायमगरी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *