चिकित्सक लाइसेन्स परीक्षामा ६१ प्रतिशत फेल !

Thankot Times

थानकोट । 

नेपाल मेडिकल काउन्सिलले गत बुधबार देखि सञ्चालन गरेको तीन दिने चिकित्सक नाम दर्ता परीक्षा (लाइसेन्स)मा ६१.६१ प्रतिशत चिकित्सक फेल भएका छन् ।

परीक्षामा मेडिकल (एमबीबीएस) र डेन्टर (बीडीएस) गरी १ हजार ७२६ जना फारम भरेका थिए ।

यस्तै, १७ जना परीक्षामा अनुपस्थित र १२ जनाको नतिजा रोकिएको मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार कुल १ हजार ७०९ जना सहभागिता मध्ये १ हजार ५२ फेल र ६५३ जना चिकित्सक पास भएका छन् ।

मेडिकल (एमबीबीएस) तर्फ कुल १ हजार ३९२ जनाले फारम भरेकोमा १ हजार ३७८ जना परीक्षामा सहभागी भएको बताएको छ । त्यसमध्ये ५५८ जना (४०.४९ प्रतिशत) मात्रै उत्तीर्ण भएको डा. अधिकारीले बताए ।

यस्तै, डेन्टल (बीडीएस) तर्फ कुल ३३४ जनाले फारम भरेकोमा ३३१ जना सहभागी भएका थिए । जसमध्ये ९८ जना २९.६१ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

‘धेरै जसो पटक-पटक परीक्षा दिने पुराना विद्यार्थी फेल भएका हुन् । एक पटक फेल भएका मान्छे पुनः फेल हुने सम्भावना बढ्छ’ डा. अधिकारीले भने, ‘कुनै बेला धेरै नयाँ विद्यार्थीले परीक्षा दिँदा नतिजा राम्रो आउँछ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *