संयुक्त राष्ट्रसंघको निमन्त्रणामा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी केन्या प्रस्थान

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी संयुक्त राष्ट्र संघको निमन्त्रणामा अफ्रिकी मुलुक केन्या प्रस्थान गर्नुभएको छ ।

यूएन हेविटेटले केन्याको राजधानी नैरोबीमा संचालन गर्ने ४ दिने सम्मेलनमा भाग लिन सोमबार साँझ मेयर गिरी नैरोबी प्रस्थान गर्नुभएको हो ।

नेपालमा कोभिडको महामारीको समयमा सो को नियन्त्रण र रोकथाममा स्थानीय निकायहरूले खेलेको भूमिकाको मूल्याकंन गर्दै देशभरबाट स्थानीय तहका एक जना मेयर/प्रमुख चयन गरिएकोमा सो मा चन्द्रागिरि नगरपालिका छानिएको यूएन हेविटेटले जनाएको छ। 

उक्त सम्मेलन विशेष गरि कोभिड महामारीपछिको व्यवस्थापनको बारेमा तालिम तथा प्रशिक्षणमा केन्द्रित रहनेछ। 

नगरप्रमुख केन्या प्रस्थान लाग्ने सबै खर्च संयुक्त राष्ट्रसंघले व्यहोर्ने जनाइएको छ ।  

नगर प्रमुख गिरी जेठ २७ गते स्वदेश फर्कने तालिका रहेको नगरप्रमुखको सचिवालयले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *