चन्द्रागिरिमा २ सहित नबिल बैंकका ३८ शाखाको एकसाथ सुरूवात

Thankot Times

थानकोट ।

नबिल बैंकले एकसाथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ ।

गत बिहीबार बैंक स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौँमा एक कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो ।

सो बैंकले कोशी प्रदेशमा १, मधेस प्रदेशमा ८, बागमती प्रदेशम १३, गण्डकी प्रदेशमा ३, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा १ तथा सुदूरपश्चिम प्रदेशमा २ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

सो बैंकले चन्द्रागिरि नगरपालिकाको नैकाप र मच्छेगाउँ शाखा विस्तार गरेको छ । 

यसअघि सो बैंकले दहचोकमा पनि शाखा सञ्चालनमा ल्याइसकेको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *