तोलामा ९ सय रुपैयाँले बढ्यो सुनको भाउ

Thankot Times

थानकोट । 

कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

आज सुनको भाउ तोलामा नाै सय रुपैयाँले बढेको हो ।

हिजो साेमबार तोलामा एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा पाँच रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *