मेलमिलापकर्ताहरूका लागि चन्द्रागिरि नगरपालिकाले जारी गर्यो यस्तो सूचना
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगरको न्यायिक समिति ऐन बमोजिम सञ्चालन हुने मेलमिलाप केन्द्रहरूमा मेलमिलापकर्ताका रूपमा कार्य गर्न इच्छुक मेलमिलापकर्ताहरूलाई सूचीकृत हुन अनुरोध गरेको छ ।
नगरले यसअघि सूचीकृत भएका मेलमिलापकार्ताहरूको अद्यावकिक गर्न समेत सूचना जारी गरेको छ ।
नगरले जेठ १९ गतेबाट १५ दिन भित्र तालिम प्राप्त मेलमिलापकर्ताले सूचीकृत हुनका लागि निवेदन पेश गर्न जानकारी गराएको छ ।













