‘सिमसार’ कथा वाचन प्रतियोगितामा जेसिस स्कुलकी जिजसिका रोका दोश्रो

Thankot Times

थानकोट ।

विश्व वातावरण दिवसका अवसरमा सोमबार सदर चिडियाखानाले ग्रिन वाक परेड आयोजना गरेको छ । 

काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत १ हजार २ सय भन्दा बढी ‘फ्रेन्ड्स अफ जु’ विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रममा वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र प्रसाद महतो, ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य, वन मन्त्रालयका सचिव डा. रेवती रमण पौडेल लगायतको उपस्थिति रहेको थियो । 

सो क्रममा विश्व सिमसार दिवसका अवसरमा आयोजित “सिमसार” मुख्य सार भएको अभिनयात्मक कथावाचन प्रतियोगिताका विजयीहरूलाई पुरस्कृत गरिएको थियो. 

जसमा सो प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल चन्द्रागिरि नगरपालिका ११ सतुगंलस्थित जेसिस विद्यालयकी छात्रा जिजसिका रोका पनि पुरस्कृत भएको विद्यालयले जनाएको छ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *