सुनको मूल्यमा सामान्य बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?

Thankot Times

थानकोट ।

कारोबार हुने साताको चाैथो दिन आज बुधबार नेपाली बजारमा सुनको मुल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । 

यता, चाँदीको मूल्य भने यथावत रहेको छ ।

आज चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी पनि सोही मूल्यमा कारोबार भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *