मेयर बालेनको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ।

सांस्कृतिक सहरको रूपमा विकसित भइरहेको काठमाडौ महानगरमा सांस्कृतिक हिसाबले ग्रेटर नेपालको नक्सा राखिएको हो।

महानगर प्रमुखको सचिवालयका एक सदस्यका अनुसार बिहीबार सभागृहस्थित रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो। बालेनको सचिवालयका अनुसार मेयरको कार्यकक्ष पुनःसजावट भइरहेको छ।

यसैक्रममा दक्षिण एसिया समेटिएकै थ्रिडी नक्सा पहिले नै थियो। यो नक्सा पुरानो भएपछि सांस्कृतिक नक्साको रूपमा ग्रेटर नेपालको नक्सा राखिएको हो।

इतिहास कसैले मेटेर मेट्न नसकिने भन्दै बालेनले ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएका हुन्। यो नक्सामा नेपाल-भारत सुगौली सन्धि हुनुपूर्वको नेपालको सिमाना समेटिएको छ। भारत र चीनका केही स्थानहरू पनि समेटिएको छ। 

भारतको नयाँ संसद् भवनमा ग्रेटर इन्डियाको नक्सा राखिएपछि नेपालीहरूले असन्तृष्टि जनाउँदै आएका छन्।

ग्रेटर इन्डियाको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि समेटिएको छ।

हाल नेपालको रहेका लुम्बिनी र कपिलवस्तुसहितको नक्सा भारतले आफ्नो संसद् भवनमा राखेपछि नेपालीहरू आक्रोशित भएका थिए।

स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव जितेर मेयर बनेका बालेनले जनताको संवेदनालाई समेट्न ग्रेटर नेपालको नक्सा राखेको अनुमान गरिएको छ। 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *