मध्यरातमा कीर्तिपुरमा आङ जिरिङ्ग हुने आगलागी
थानकोट ।
कीर्तिपुरमा शुक्रबार राति ग्याँस सिलिण्डर विस्पोट हुँदा आगलागी भएको छ ।
कीर्तिपुर नगरपालिका वडा नंं ५ विष्टगाउँमा राति ९ः४५ बजेतिर आगलागी भएको हो ।
सुष्मा बुढाथोकीको कुखुरा फर्ममा भएको आगालागी स्थानीयहरूसहितको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बत्ति बाल्न लाग्दा आगो बलेको र पछि ग्यास सिलिण्डर पड्केर ठूलो आवाज समेत आएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
आगलागी नियन्त्रणका लागि जुद्ध बारूण यन्त्र स्मेत मगाइएको जनाइएको छ । तथापी दमकल घटनास्थल पुग्नु अगावै आगो नियन्त्रणमा लिइएको वडा सदस्य पवित्रा विष्टले बताउनुभयो ।
सो घटनामा कुखुरा फर्म सञ्चालक बुढाथोकीको खुट्टामा चोट लागेको छ भने सैयाैं कुखुरा जलेको बताइएको छ।
घटनाको अनुसन्धान एवं क्षतिको विवरण संकलनको कार्य जारी रहेको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।












