सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

कारोबार हुने साताको तेस्रो दिन मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार उक्त सुन तोलाको एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य तोलाको एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ ।

चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ