मत्स्यनारायण मन्दिरमा श्रद्धालुहरूको अपूर्व भीड

Thankot Times

थानकोट ।

तीन वर्षमा एक पटक महिना दिनसम्म मनाइने मत्स्यनारायण मेलाका अवसरमा भगवान विष्णुको प्रथम अवतार मत्स्यनारायणको दर्शन गर्न श्रद्धालुहरू चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँ आउने क्रम दिनहुँ बढिरहेको छ ।

मेलाको बाह्राैं दिन शनिबार पनि झिसमिसेबाट नै श्रद्धालुहरू मत्स्यनारायणको दर्शन गर्न लाममा बसिरहेका छन् ।

सिमसिम पानीका बीच श्रद्धालुहरू लामबद्ध भइरहँदा सो लाम निकै परसम्म पुगेको वडाध्यक्ष एवं पुरूषोत्तममास मेला व्यवस्थापन समितिका अध्यक्ष अच्युत अधिकारीले जानकारी दिनुभयो ।

मेला व्यवस्थापनमा स्थानीय संघसंस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्काउट लगायत स्थानीयहरू पनि अहोरात्र खटिइरहेका छन्।

पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मत्स्यनारायणमा स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास छ।

भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक ग्रन्थ उल्लेख गरिएको छ । मत्स्यनारायणका रूपमा भगवान विष्णुले पहिलो अवतार लिएको स्थानको रुपमा अधिकमासको समयमा मन्दिरमा पूजा आराधना गर्न मिल्ने धार्मिक विश्वास छ । मलमास अवधिमा अन्य मन्दिरहरूमा पूजापाठ नचल्ने बताइन्छ ।

श्रावण २ गतेबाट सुरु भएको मत्स्यनारायण मेला श्रावण ३१ गतेसम्म जारी रहनेछ ।

मत्स्यनारायण मेला भर्न आउने श्रद्धालुहरूसँग सार्वजनिक यातायात सेवा प्रदायकहरूले बढी भाडा लिएमा नजिकको प्रहरी कार्यालय वा मेला व्यवस्थापन सचिवालयमा वा १०० नम्बरमा फोन गर्न मेला व्यवस्थापन समितिले सबैमा अनुरोध समेत गरेको छ।

सुरू भयो महिना दिन लामो मत्स्यनारायण मेला, मालपुवा दान गरेमा भगवान नारायण खुसी हुने विश्वास

शनिबार बिहान मच्छेगाउँ क्षेत्रमा पुग्नुभएका चन्द्रागिरि नगरका सुप्रसिद्ध फोटोग्राफर प्रकाश गोपालीले मच्छेगाउँ क्षेत्रको चहलपहल कैद गर्दा यस्तो देखियोः


Leave a Reply

Your email address will not be published. Required fields are marked *