जुवाखालबाट वडा नं. ५ का वडाध्यक्ष श्रेष्ठसहित १२ जना जुवाडे समातिए (तस्बिरहरू सहित)

Thankot Times

थानकोट ।

काठमाडौंको नयाँ बसपार्कको जुवाखालबाट पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।

टोखा नगरपालिका- ९ स्थित सेतीगंगा गेस्ट हाउसको पाँचौँ तलामा आइतबार राति छापा हानी प्रहरीले १२ जुवाडेलाई पक्राउ गरेको थियो। उनीहरूबाट १० लाख ८२ हजार पाँच सय नगद बरामद भएको छ।

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठसमेत छन्।

पक्राउ पर्ने अन्यमा बैतडी घर भएका गेस्ट हाउस सञ्चालक राजेन्द्रप्रसाद जोशी, बैतडीकै सूर्य भट्ट, कालोसिंह धामी, राजेन्द्रबहादुर थापा, रोल्पाका सरोज खत्री, दाङका धीरज शाह, कैलालीका जयबहादुर ढुंगेल, दोलखाका करिण थापा र विश्वनाथ कार्की, गोरखाका अर्जुन गुरुङ र काठमाडौंका अंजित रिजाल  छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ