न्यूरोडमा आफ्नै घरको ८ तला माथिबाट हामफालेर व्यापारी गरे आत्महत्या, अनुसन्धान जारी
थानकोट ।
काठमाडाैंको नयाँ सडकमा ५५ वर्षीय सञ्जय गुप्ताले आफ्नै घरको आठौँ तलाको छतबाट हामफालेर आत्महत्या गरेका छन् । गुप्ताले मंगलबार हामफालेर आत्महत्या गरेका हुन् । गुप्ताको आत्महत्या प्रकरणको प्रहरीले अनुसन्धान थालेको छ ।
प्रहरी नायव उपरीक्षक भेषराज रिजालको कमाण्डमा १२ जनाको प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घटनालगत्तै उनलाई वीर अस्पतालमा लगेपनि चिकित्सकले मृत्यु भइसकेको पुष्टि गरेका थिए ।
उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
उनी व्यापारी समेत रहेको खुलेको छ । उनको न्युरोड क्षेत्रमै कपडाको व्यापार रहेको छ ।











