१ महिने पुरुषोत्तम मास मेलाको १६औं दिन, मत्स्यनारायणमा श्रद्धालुहरूको उस्तै भीड

Thankot Times

थानकोट । 

साउने झरीका बीच पुरूषोत्तम मास महिनाका अवसरमा चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँस्थित मत्स्यनारायण दर्शन गर्ने श्रद्धालुहरूको संख्यामा कुनै कमी देखिएको छैन् ।

पुरूषोत्तममास मेलाको १६औं दिन बुधबार बिहान मच्छेगाउँमा श्रद्धालुहरूको खचाखच भिड देखिन्थ्यो । 

तीन वर्षअघि कोरोना भाइरस महामारीका कारण यहाँ मेला लागेको थिएन् । यसपटक करिब २० लाख भक्तजनले मत्स्यनारायण मेला भर्ने अपेक्षा गरिएको पुरूषोत्तममास मेला व्यवस्थापन समितिले जनाएको छ। 

पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मत्स्यनारायणमा स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास छ। 

भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक ग्रन्थ उल्लेख गरिएको छ । मत्स्यनारायणका रूपमा भगवान विष्णुले पहिलो अवतार लिएको स्थानको रुपमा अधिकमासको समयमा मन्दिरमा पूजा आराधना गर्न मिल्ने धार्मिक विश्वास छ । मलमास अवधिमा अन्य मन्दिरहरूमा पूजापाठ नचल्ने बताइन्छ । 

सबै तस्बिरहरूः धर्मेन्द्र महर्जन


Leave a Reply

Your email address will not be published. Required fields are marked *