एमालेले अबदेखि कार्यक्रममा नेताहरूलाई आसनग्रहण नगराउने, खादामालाको प्रचलन पनि हटाउने

Thankot Times

थानकोट ।

नेकपा (एमाले)ले पार्टीका कार्यक्रममा नेताहरूलाई आसनग्रहण नगराउने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठकबाट कार्यक्रमहरूमा नेताहरूको आसनग्रहण नगराउने निर्णय भएको जानकारी दिएका छन् । 

ओलीले अब अनुहार नै छोपिने गरी खादामाला र कोटभन्दा ठुला ब्याज लगाउने प्रचलन पनि बन्द गर्नुपर्ने बताएका छन् ।

“फेसबुक, ट्विटरमा मलाई प्राप्त म्यासेजहरूमा धेरैजना साथीहरूले कार्यक्रमहरूमा धेरैलाई आसनग्रहण गराएर समय बर्बाद गर्नुभएन भन्ने सुझाव दिने गर्नुभएको थियो । हो पनि । तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यससम्बन्धी निर्णय गरेको छ । यसैगरी अब अनुहारै छोपिने गरी खादामाला र कोट भन्दा ठुला ब्याज लगाउने प्रचलन पनि बन्द गर्नुपर्छ,” ओलीले बुधबार राति फेसुबकमा भनेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *