थानकोट क्षेत्र पनि मध्यम वर्गको पहुँच बाहिर, आनाको २० लाखमुनिका जग्गा बिक्रीमा भेटिनै छाडे

Thankot Times

थानकोट ।

कोभिड महामारी र आर्थिक मन्दीका कारण घरजग्गा कारोबार सुस्ताए पनि घडेरीको मूल्य भनेको घटेको छैन् ।

आर्थिक मन्दीले घरजग्गाको मूल्य घटेको बजारमा हल्ला चलिरहँदा चन्द्रागिरि नगरका थानकोट, दहचोक, मातातिर्थ क्षेत्रमा आनाको २० लाखभन्दा कम मूल्यमा जग्गा भेटिँदैनन् ।

कोभिड महामारी अघिसम्म ठिक्क मूल्यमा घर घडेरी खोज्‍नेहरुले थानकोट क्षेत्रलाई रोज्‍ने गर्थे । तर, घरघडेरीमा लगानी गर्नेहरु थानकोट क्षेत्रमा मोडिएका र राजमार्ग विस्तार, सुरुङ मार्गदेखि केबलकार लगायतका विकासे परियोजनाहरु बनेपछि जग्गाको मूल्यमा उछाल आएको हो ।

गत आर्थिक वर्षमा काठमाडाैं उपत्यकामा घर जग्गा कारोबार हुने मालपोत कार्यालयहरू मध्ये सबैभन्दा धेरै कारोबार कलंकी मालपोतबाट भएको थियो । जहाँ चन्द्रागिरि नगरका घर जग्गा कारोबार बढी भएको अभिलेख छ । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *