अब कर्मचारीहरूले कार्यालय प्रवेश गर्नु अघि अनिवार्य राष्ट्रिय गान गाउनु पर्ने

Thankot Times

थानकोट । 

अब कर्मचारीहरूले कार्यालय प्रवेश गर्नुअघि अनिवार्य सामूहिक राष्ट्रिय गान गाउनुपर्ने भएको छ ।

यो सुनसरीको बराहक्षेत्र नगरपालिकाले नियम बनाएको हो ।

देशप्रतिको भावना जगाउन र नगरमा कार्यरत कर्मचारीहरूमा आत्मियता बढाउनका लागी अस्ती बुधवारदेखि यो नियम लागु गरिएको प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकास सिटौलाले बताए।  

प्रमुख प्रशासकीय अधिकृत सिटौलाका अनुसार कर्मचारीहरूले बिहान १० बज्नुभन्दा केही समय अघि नै आएर ठीक १० बजे सामूहिक रूपमा राष्ट्रिय गान गाएर अनि मात्र आफ्नो फाँटमा जानुपर्ने नियम लागू गरिएको हो।

‘यसले एउटा देशप्रतिको भावना जगाउँछ, एकैछिन भएपनि सबै कर्मचारीहरू एक ठाउँमा भेला हुन्छन् भेट हुन्छ, ’उनले भने, ‘आत्मियता बढ्छ, सबै कर्मचारी एकै ठाउँमा उभिँदा एकैछिन भएपनि शोभा बढ्छ, त्यही भएर यो नियम लागु गरिएको हो ।’

यो नियमले कर्मचारीहरूलाई ठीक समयमा कार्यालय आउने, कार्यालय पोसाकमा आउन प्रोत्साहन गर्ने र कार्यालयको नियमित कामसँगै नागरिकहरूको सेवा प्रवाहमा प्रति पूर्ण रूपमा जिम्मेवार बनाउने बराह क्षेत्र नगरपालिकाको विश्वास छ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *