पाकिस्तानमा नेपाली राष्ट्रिय क्रिकेट टिम (फोटो फिचर)

Thankot Times

थानकोट ।

एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान पुगेको छ ।

नेपालले पहिलोपटक एसिया कप क्रिकेट खेल्न लागेको हो ।

एसिया कपका लागि मुल्तान प्रस्थान गर्नुअघि नेपाली टोलीले कराँचीमा केही दिन अभ्यास गर्नेछ ।

नेपाली टोलीलाई विमानस्थलबाट कडा सुरक्षाबीच होटल पुर्‍याइएको जियोसुपर टेलिभिजनले जनाएको छ । नेपाली टोलीलाई कडा सुरक्षा व्यवस्थाबीच विमानस्थलबाट होटलतर्फ लैजाँदै गरेको भिडियो पनि उक्त टेलिभिजनले प्रसारण गरेको छ ।

एसिया कपमा नेपाली टोलीले आफ्नो पहिलो खेल अगस्ट ३० तारिखमा आयोजक राष्ट्र पाकिस्तानसँग खेल्नेछ । उक्त खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा हुनेछ । नेपालले दोश्रो खेल श्रीलंकामा भारतविरूद्ध खेल्ने तालिका रहेको छ । सो खेल सेप्टेम्बर ४ मा श्रीलंकाको केन्डी रंगशालामा हुनेछ ।

तस्बिरः पाकिस्तान क्रिकेट बोर्ड


Leave a Reply

Your email address will not be published. Required fields are marked *