चन्द्रागिरि नगर अन्तर्गतका कर्मचारीहरूका लागि सूचना- भदाै ७ गते बिदा छैन !
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले भदाै ७ गते गाैरा पर्वका अवसरमा नगरमा सार्वजनिक बिदा नरहेको प्रष्ट पारेको छ ।
नगर तथा अन्तर्गतका वडा एवं स्वास्थ्य संस्थाको हाजिरी रजिष्टर्डमा भदाै ७ गते गाैरा पर्वको सार्वजनिक बिदा उल्लेख भएको सन्दर्भमा सम्बन्धित धर्म, संस्कृति, भाैगोलिक क्षेत्र र स्थान विशृषका लागि मात्र बिदा हुने नेपाल सरकारको निर्णय अनुसार सो दिन नगरमा सार्वजनिक बिदा नभएको वरिष्ठ शाखा अधिकृत नविन खालिङले जानकारी दिनुभयो ।















