मच्छेगाउँनजिकै कुखुराको खोरमा पसेको चितुवा घाइते अवस्थामा जंगलतर्फ भाग्यो
थानकोट ।
बिहीबार बिहान चन्द्रागिरि र कीर्तिपुरको सीमा क्षेत्र थापागाउँमा रहेको एक कुखुरा फार्मको खोरमा पसेको चितुवा भागेको छ।
कीर्तिपुर नगरपालिका-४, थापागाउँमा पुण्यप्रसाद तामाङको कुखुरा फार्ममा पसेको चितुवा बिहीबार ११ बजे भागेको हो ।
चितुवाको आक्रमणबाट फार्म सञ्चालक तामाङ घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।
चितुवा खोरमा पसेपछि त्यसलाई नियन्त्रणमा लिन थानकोट प्रहरी वृत्तको टोलीले जिल्ला वन कार्यालयलाई खबर गरेको थियो ।
तर, टोलीले चितुवालाई नियन्त्रणमा लिन सकेन ।
चितुवा मच्छेगाउँमाथिको जंगलतर्फ भागेको थानकोट प्रहरी वृत्तका प्रमुख एवं डीएसपी नारायण अधिकारीले जानकारी दिनुभयो














