गुर्जुधाराबाट समातिए ‘प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै लाखाैं रूपैयाँ ठग्ने नरेश
थानकोट ।
प्रहरीमा जागिर लगाइदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाल्पाकाे तानसेन नगरपालिका-३ घर भई चन्द्रागिरि नगरपालिका गुर्जुधारा बस्दै आएका ५८ वर्षीय नरेश गाैतम रहेका छन् । उनलाई बिहीबार काठमाण्डाैबाट पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
गाैतमले दाङकी २२ वर्षीया युवतीलाई प्रहरी जवानमा भर्ना गराएर जागिर लगाइदिन्छु भन्दै पटक-पटक गरेर दुई लाख रुपैयाँ लिएर ठगी गरेका थिए ।
पीडित युवतीले उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
काठमाण्डाैबाट पक्राउ गरी दाङ लगिएका उनीविरुद्ध ठगी कसुरमा १२ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले जानकारी दिनुभयाे ।














