कलंकीमा यात्रुको गोजी काट्ने ५ जना प्रहरीको फन्दामा

Thankot Times

थानकोट ।
नेपाल प्रहरीले भक्तपुर- कंलकी रुटमा चल्ने यात्रु बसका यात्रुहरूको गोजी काट्ने (पाकेट मारी) ५ जना व्यक्ति पक्राउ गरेको छ ।

आइतबार बिहान कलंकी-कोटेश्वर सडक खण्डको बल्खुमा बा. ३ ख. २४४४ नम्बरको क्षेत्रीय यातायात प्रालिको भक्तपुर-कलंकी रूटमा गुड्ने यात्रु बसमा रौतहट घर भई हाल कोटेश्वर जडिबुटि डेरा गरी बस्ने ३५ वर्षीय इनरजित शाहको १५ हजार रूपैयाँ तथा सोही स्थानका २५ वर्षीय शिव पुजन शाहको १० हजार रूपैयाँ खोजी काटी चोरी भएको सूचनापछि चेकजाँचमा खटिएको प्रहरी टोलीलले सो घटनामा संलग्न ५ व्यक्ति रकम सहित नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त कालिमाटीबाट सो घटनाका सम्बन्धमा अनुसन्धान भई रहेको जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ