यसकारण नागढुंगाबाट पक्राउ परे २३ वर्षीय निरज
थानकोट ।
उदयपुर जिल्ला कटारी नगरपालिका-१ बस्ने निरज बानियाँलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार काठमाडाैंतर्फ आउँदै गरेको ना.७ ख ६३४२ नम्बरको बसलाई नागढुंगा नाकामा जाँच गर्ने क्रममा बानियाँको साथमा ८ ग्राम ४५ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ फेला गरेको थियो ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बानियाँलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














