कीर्तिपुर र मच्छेगाउँको सीमा क्षेत्रमा आतंक मच्चाउने चितुवा मृत भेटियो

Thankot Times

थानकोट ।

भदौ ७ गते चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँ र कीर्तिपुर नगरपालिका ४ को थापागाउँ क्षेत्रमा आतंक मच्चाउने चितुवा मृत अवस्थामा भेटिएको छ ।

स्थानीय पुण्यप्रसाद तामाङको कुखुरा फार्ममा पसेको चितुवा रक्ताम्मे अवस्थामा भदाै ७ गते बिहान ११ बजे नियन्त्रणमा लिने क्रममा भागेको थियो ।

कीर्तिपुर प्रहरी वृत्त प्रमुख डिएसपी राजु लामाले सो चितुवा मंगलबार कीर्तिपुरस्थित जनजाति संग्रहालय भवनकाे काेठामा मृत फेला परेकाे जानकारी दिएका छन् ।

घटनास्थलमा डिभिजन वन कार्यालयको टाेली पुग्दै गरेको विवरण कीर्तिपुरका सञ्चारकर्मी वीरेन्द्र शाक्यले दिएका छन् ।

सो चितुवाको आक्रमणमा परी भदाै ७ गते एक जना घाइते भएका थिए ।

तस्बिरः किशाेर भण्डारी

मच्छेगाउँनजिकै कुखुराको खोरमा पसेको चितुवा घाइते अवस्थामा जंगलतर्फ भाग्यो


Leave a Reply

Your email address will not be published. Required fields are marked *