पर्वका नाममा चन्द्रागिरि नगरपालिकाबाट विनियोजित बजेटको विवरण सार्वजनिक गर्न रास्वपाको माग
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पर्वका नाममा चन्द्रागिरि नगरपालिकाबाट विनियोजन भएको खर्चको वास्तविक विवरण सार्वजनिक गर्न माग गरेको छ । शुक्रबार एक अपिल जारी गर्दै सो पार्टीले स्थानीय सरकारले अनुत्पादक क्षेत्रमा हुने वित्तिय व्ययलाई नियन्त्रणमा सहयोग गर्न समस्त नगरबासीहरूमा समिते अपिल गरेको छ ।
यस्तो छ रास्वपा चन्द्रागिरि नगर कमिटिले जारी गरेको अपिलः
हिन्दू महिलाहरुको सांस्कृतिक पर्व हरितालिका तिज नजिकिँदै गर्दा स्थानिय सरकार तथा विभिन्न संघ संस्थाहरुको आयोजनामा शुभकामना आदानप्रदान तथा दर कार्यक्रमको आयोजना प्रतिस्पर्धात्मक ढङ्गबाट गरिदै गरेको समाचारहरु आउँदै गर्दा ध्यानाकर्षणसहित हाम्रो पार्टी नगर समिति यस विषयलाई जनचासो को रुपमा विश्लेषण गर्दै स्थानीय सरकारबाट विनियोजित हुने पर्व बजेट कुन कुन वडामा कसरी खर्च भएका छन सो को यथार्थ प्रतिवेदन सार्वजनिक गर्न माग गर्दछ । चाड पर्वलाई हर्ष उल्लासका साथ मनाउनु पर्ने कुरामा हामी स्पष्ट छौं तर अनियन्त्रित खर्चलाई व्यवस्थापन गर्नु गराउनु पनि आवश्यक देखिएको छ तसर्थ चाड पर्व रमाइलो गर्दा व्यय भार कति पर्ने रहेछ त्यसको पारदर्शी तथ्यांक स्थानीय निकायले सार्वजनिक गर्नै पर्ने हुन्छ अन्यथा चालू कोष परिचालन नै नैतिक भ्रष्टाचारको मुख्य जड बन्ने तथ्यलाई आम जनसमुदायहरु समक्ष राख्दै आफ्नो आफ्नो वडामा सरकारी बजेट वा संस्थागत बजेटबाट आयोजना गरिएको तडक भडकयुक्त पर्व तथा कार्यक्रमहरुको आम्दानी खर्च सार्वजनिकरण गर्न सुझाव दिँदै स्थानीय सरकारको अनुत्पादक वित्तिय व्ययलाई नियन्त्रण गर्न सहयोग गर्नु हुन सम्पुर्ण चन्द्रागिरि निवासी आमा बुवा दाजु भाइ तथा दिदी बहिनीहरुमा हार्दिकतापुर्वक अपिल गर्दछौ ।धन्यवाद ।














हेर्दा सामान्य लाग्छन यी खर्च तर यसरी अनुत्पादक खर्च बढीरहदा बार्शिक बजेट निर्माण प्रभावित हुन्छन नै ! बिगतको ५ बर्षमा जनही वडा ४० लाख को दरले नियमित ५ बर्ष चालु बजेट बिनियोजन हुँदा उपलब्धी के भयो जबकी ३० करोड खर्च बकैता फर्छौट भएको तथ्यांक छ । गत आब मा मात्रै जानकारी भए अनुसार चालू तर्फ पर्वमा मात्रै १.२ करोड खर्च भएको छ यसरी नासिएर जाने खर्चलाई सन्तुलन गर्न नसक्दा बर्सेनि नगर घाटा बजेटको ग्राफमा चल्दा हानी कस्लाइ ???