दिवंगत सुवास नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, अन्त्येष्टिको दिन शोक बिदा
थानकोट ।
सरकारले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङको अन्त्येष्टि हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उनको बुधबार वा बिहीबार अन्त्येष्टी गरिनेछ ।
नेम्वाङका छोराहरू विदेश (बेलायत र अस्ट्रेलिया)मा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टिको मिति तय हुने बताइएको छ ।
संघीय सांसद्समेत रहेका नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको मंगलबार बिहान निधन भएको थियो ।













