नेकपा एमालेको बागमती प्रदेश अधिवेशन प्रतिनिधिका लागि चन्द्रागिरि नगरबाट १४ जनाको नाम दर्ता

Thankot Times

थानकोट ।

असोज ८ र ९ गते काठमाडाैंमा हुने नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशनका लागि प्रतिनिधि बन्न चन्द्रागिरि नगरबाट १४ जनाले नाम दर्ता गराएका छन् ।

चन्द्रागिरि नगरपालिकाबाट सो अधिवेशनका लागि ३ महिलासहित ९ जना प्रतिनिधि रहने व्यवस्था छ ।
सोमबार नेकपा एमाले जिल्ला पार्टी निर्वाचन कार्यालय धुम्बाराहीमा चन्द्रागिरि नगरबाट प्रतिनिधित्व गर्ने गरि ३ जना महिला कोटामा ४ जनाले नाम दर्ता गराएको नेकपा एमाले काठमाडाैं जिल्ला कमिटिले जनाएको छ ।

यसैगरी खुल्ला ६ जनाको कोटामा १० जनाले नाम दर्ता गराएका छन् ।

प्रस्तावित उम्मेदवारहरूमाथि आज मध्यान्ह १२ बजेसम्म उजुरी दिन पाइने व्यवस्था मिलाइएको भएपनि सो पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएका कारण अधिवेशन प्रतिनिधि छनोट लगायतका सबै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बताइएको छ ।

चन्द्रागिरि नगरबाट बागमती प्रदेशको प्रथम अधिवेशनका लागि प्रतिनिधि बन्न नाम दर्ता गराउनेहरूको नामवलीः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *