मन्त्रिपरिषद् बैठक बस्दै

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

आज अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार न्युयोर्क जाँदैछन्।

त्यसबारेमा जानकारी गराउन र समसामयिक विषयमा निर्णय गर्न प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *